राजनीति

चिनियाँ विदेशमन्त्री वाङद्वारा दरबार स्वायर अवलाेकन



काठमाडौँ, २४ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी भक्तपुर दरबार स्वायर पुगेका छन् ।

आज बिहान विदेशमन्त्री वाङले भक्तपुर दरबार स्क्वायर परिसरमा रहेका दत्तात्रय मन्दिर,पाँचतले मन्दिर लगायतको अवलोकन गरेका छन ।

यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताएका थिए । विदेशमन्त्री वाङको भनाइ उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने, ‘मलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर घुम्न दिनुस् । मेरो फोटो खिच्नु पर्दैन ।’

सोमबार चिनियाँ विदेशमन्त्री यी वाङले चन्द्रागिरीको अवलोकन भ्रमण समेत गरेका थिए ।