समाचार

एक थान पेस्तोल र छ थान गोलीसहित एक जना पक्राउ



भक्तपुर, २४ भदौ । भक्तपुरबाट पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर–९ भातेढुकुरबाट पेस्तोल र गोलीसहित बाराको फेटा गाउँपालिका–३ बस्ने ४१ बर्सिय शम्भु प्रसाद शाह कानुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शाहलाई शंकास्पद रुपमा बाटोमा हिडिरहेको आधारमा झोला तथा शरिर खानतलासी गर्दा कम्मरमा लुकाई राखेको १ थान गोली चेम्बरमा लोड गरी तयारी अवस्थामा रहेको कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने ५ थान गोली पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शाहमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।