राजनीति

सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुन उपसभापति गच्छदारको आग्रह



मोरङ, २५ भदौ । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गरेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति गच्छदारले सङ्घीयता  राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिदै जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका हुन ।

सरकारले जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिदै उनले कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।