सल्यान, २६ भदौ । सल्यानमा एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् ।
वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् ।
भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ताको र आफन्त सबैतिर खोजी नभेटिएपछि प्रहरीमा निवेदन दिएको पारिवारिक स्रोतले जनाएको छ ।
घरपरिवारले खोज तलास गरिदिनका लागि वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन आएको प्रहरीले जनाएको छ । बेपत्ता भएका उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ










प्रतिक्रिया दिनुहोस्