काठमाडौँ, २६ भदौ । प्रदेश नम्बर ३ सरकारले सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिमाना घटाएको छ ।
सरकार यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरेर पहिले तय गरेको शतप्रतिशतसम्मको जरिमानालाई घटाएर ३२ प्रतिशतमात्र बनाएको छ । आर्थिक वर्ष समाप्त भएपछि दोब्बर जरिमाना लाग्ने ऐनको दफा १७६ को ‘घ’ मा व्यवस्था गरिएको थियो । सोही दफा संशोधन गरिएको हो ।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन-२०७५ को दफा १७३ मा सवारी नवीकरण कर तिर्ने म्याद सकिएको ९० दिनभित्र वा चैत्र मसान्तमध्ये जुन पहिले आउँछ त्यसभित्र कर तिर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यो मिति नाघेपछि पहिलो ३० दिनका लागि पाँच प्रतिशत जरिमाना लिइन्छ भने त्यसपछिको ४५ दिनसम्म १० प्रतिशत र त्यसपछि सो आर्थिक वर्षको अन्तसम्मलाई २० प्रतिशत जरिमाना लिने व्यवस्था छ जुन पुरानै व्यवस्थाअनुसार हो । त्यसछिको ५ वर्षसम्म प्रत्येक आर्थिक वर्षको लागि सवारीसाधन कर रकमको ३२ प्रतिशतको दरले जरिमाना तिर्नुपर्ने छ ।










प्रतिक्रिया दिनुहोस्