काठमाडौँ, २६ भदौ । राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक पुनः अगाडि बढ्ने भएको छ । राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता गरेको विधेयक सरकारले बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश गर्ने तयारी गरेको हो ।
प्रतिनिधिसभाले विधेयक आजै पेश गर्नेगरी कार्यसूची तय गरेको थियो । तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समय अभाव देखिएपछि विधेयक विहिबार पेश हुने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसदहरुले राहदानी विधेयकले नागरिकको स्वतन्त्रता खुम्च्याउने ब्रिफ्रीङ गरेका थिए । लगत्तै राष्ट्रपति भण्डारीले विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी थिइन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।










प्रतिक्रिया दिनुहोस्