इलाम, २७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।
गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘पार्टी एकीरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ ।’
फरक प्रसंगमा खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । स्थानीयस्तरमा विकासको लहर चलेको दाबी गर्दै नेता खनालले ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्य, जनप्रतिनिधिहरुले गहन रूपले अध्ययन गर्न आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्