कञ्चनपुर, २७ भदौ । शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको बा २१ च ८५०७ नम्बरको नीजि कार पार्कीङ गरि राहिएको अवस्थामा अज्ञात समुहले आगजनी गरेको छ ।
गएराती अज्ञात समूहको आगजनीबाट कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउदले जानकारी दिनुभयो ।
वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहेका सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरु माथि आशंका रहेको बताउँदै आगजनी गर्नेको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्