महोत्तरी, २७ भदौ । महोत्तरीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।
बिहीबार राति भंगहा नगरपालिका-५ मा आफ्नै घरमा काम गरिरहेकी उर्मिलादेवी सरदारको मृत्यु भएको हो ।
सर्पले डसेपछि परिवारजनले उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताए ।
मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने प्रहरीले जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्