समाचार

लामखुट्टे धपाउन बालिएको धूपले आगलागी



पर्सा, २७ भदौ । पर्सामा लामखुट्टे धपाउन बालिएको धुपबाट सल्किएको आगोले गोठमा आगलागी भएको छ ।

पोखरीया नगरपालिका–१०, शिवबर्वामा स्थानीइ रामपृत राउत कुर्मीको घरमा लामखुट्टे धपाउन बालिएको धुपबाट सल्किएको आगोले

गोठमा आगलागी  हुँदा त्यहाँ बाँधिएका १ भैंसी, २ पाडी, ३ वटा खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै, आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भएको प्रहरीले जनाएको छ ।