विश्व

रेल दुर्घटनामा परि ५० जना मृत्यु



एजेन्सी, २८ भदौ । कंगोमा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेल दुर्घटना भएको हो । कंगोका मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले दुर्घटनाको पुष्टि गर्दै कम्तीमा ५० जनाको मृत्यु भएको जनाएका छन् ।

दुर्घटनामा २३ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने इन्डिपेन्डेन्टले जनाएको छ ।