सर्लाही, २८ भदौ । सर्लाहीमा गोली लागेर एक जना व्यापारी घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार बेलुकी घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएका छन ।
पेटमा गोली लागेका साहको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भैरहेको छ । गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्