समाचार

पेस्तोल र गोलीसहित एक जना पक्राउ



जनकपुरधाम, २९  भदौ । जनकपुरधामबाट पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले धनौजी गाउँपालिकाबाट ३२ वर्षीय मनिष मिश्रलाई कटुवा पेस्तोल एक थान र सोमा लाग्ने ७६२ एमएमको गोली २ राउण्डसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।