भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी एक महिना भित्रमा काठमाडौँ र भक्तपुर जोड्ने त्रिपुरा संगमको वेलिव्रिज सञ्चालनमा ल्याई कोटेश्वरदेखी जडिवुटीको सवारी जामलाई न्युनिकरण हुने बताउनुभएको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित नेपाल प्रहरी मध्यपुर थिमी वृत्त, मनोरम समाजले आज संयुक्त रुपमा आयोजना गरेको सामुदायीक प्रहरी साझोदारी कार्यक्रम अन्तरगत शान्ति सुरक्षा, विकास निर्माण र डेंगु रोग नियन्त्रण सम्बन्धमा जनचेतनामूलक कार्यक्रममा बोल्दै सांसद बस्नेतले त्रिपुरा संगमको बेलिव्रिज सञ्चालन भएसँगै आम उपत्यकावासीले सवारी जामले लामो समय वर्वाद गर्नुपर्ने दिनको अन्तय हुने बताउनुभयो ।
भक्तपुरमा निर्माणाधिन हनुमन्ते नदीको कोरिडोर भक्तपुरवासीको जीवनसँग जोडिएको बताउँदै उहाँले भक्तपुरको विकास कसैले चाहेर नरोकिने बताउनुभयो । हरेक समस्या समाधान लिएर आएको हुने बताउँदै उहाँले हनुमन्ते नदीमा निर्माणाधिन कोरिडोरको समस्या पनि समाधान हुने विश्वास दिलाउनुभयो । उहाँले दुई वर्षभित्रमा कोरिडोर निर्माण सम्पन्न भइसक्ने समेत बताउँदै मनोहरा कोरिडोर पनि शुरु हुने जानकारी गराउनुभयो ।
भक्तपुमा खानेपानी, ढल, सडकलगायतका कुनै पनि समस्या भक्तपुरमा धेरै समय रहन नसक्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका जनताको विकास प्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ जनतामा विकास नाप्ने चेतनाको परिवर्तित समय अनुसार भएको छ । भक्तपुरमा विकास निर्माणको साथमा विभिन्न प्रकारका सरसफाई, ग्रीनरी, विकृति तथा विसंगतीको विरुद्धमा एक ढिक्का भई अघि बढेको छ । हिजो ढल, सडक चाहियो भन्नेले अहिले पार्क, वातावरण सुन्दर हुनुपर्यो, ग्रीनरीलगायतका कुराहरुको माग हुन थालेको छ ।’
भक्तपुरमा अरनिको हाइवेलाई ग्रीनरी, जाममुक्त, स्तरउन्नती लगायतका कार्यहरु भइरहेको बताउँदै उहाँले अरनिको हाइवे भक्तपुरका जनताको जीवनसँग जोडिएको भएकाले जनताको विकास प्रतिको चाहनामा कोही कसैले कुठाराधात गर्न नसक्ने उद्घोष समेत गर्नुभयो ।
जग्गटीएको राज्यको प्रशासनिक संयन्त्रका कारण विकास निर्माणमा केही ढिलाई भइरहेता पनि आगामी दिनमा उक्त संयन्त्रलाई क्रमिक रुपमा टोड्दै अघि बढेमा समेद्ध नेपाल सुखी नेपालीको सरकारको अभियानलाई सार्थकतामा पुर्याउन सकिने बताउनुभयो । उहाँले नकरात्मक हल्लाले समाजको चेतनालाई ध्वङ्स तथा कमजोर बनाउने प्रयास भइरहेको प्रति सचेत रहन आग्रह गर्दै सूचना प्रविधिको दुरुपयोगलाई नियन्त्रण नगरे देशमा ठूला अपराधिक गतिविधिहरु जन्मीन सक्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालले हावाको भरमा सत्यलाई लुकाई असत्यलाई प्रोत्साहन भइरहेको समेत बताउनुभयो ।
विपद्मा मात्र प्रहरीलाई सम्झने र सहजमा गाली गलैज गर्ने प्रवृत्तिको हावी भएको बताउँदै उहाँले वर्तमान सरकारले आफ्नै मान्छेलाई पनि अनुसन्धान गर्न प्रहरीलाई बोटो खुल्ला गरिदिएको दावी गर्नुभयो । विभिन्न राम्रा तथा अपराधिक गतिविधिलाई प्रहरीले नियन्त्रण गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै सांसद बस्नेतले कुनै पनि सामाजिक, आर्थिक समृद्धि तथा विकासमा प्रहरी सामुदायीक कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । मानिसको चेतनाको विकासले नै डेङ्गु नियन्त्रण हुन सक्ने बताउँदै उहाँले भक्तपुरमा उक्त रोग नियन्त्रण गर्न हनुमन्ते नदीले अभियान थालेको र आगामी दिनमा आधुनिक तवरले जनतालाई असर नपर्ने गरी अघि बढ्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठले मानिसले पाएको अधिकारलाई दुरुपयोग गर्नु दुःखद् भएको बताउँदै दुरुपयोगले आफ्नो व्यक्तिगत मात्र नभई समाज तथा देशलाई नै असर पुर्उने बताउनुभयो ।
डिआइजी शैलेस थापाले मानिसले कामना, क्षमता र अवसर पाए अपराधिक कृयाकलाप गर्ने सक्ने भएकाले प्रहरीले उक्त तीन कुरालाई जहिले पनि रोक्ने बताउनुभयो । सामुदायीक प्रहरी साझेदारी कार्यक्रममाले प्रत्यक्ष रुपमा जनतासँग एकाकार गर्ने कार्य गरेको बताउँदै उक्त कार्यक्रमले देशमा धेरै अपराधिक कृयाकलापहरु न्युनिकरण भइरहेको बताउनुभयो । उहाँले महिलाले गहना लगाउन पाउने अधिकार भएको बताउँदै उहाँले भन्नुभयो, ‘न्युरोडमा महिलाले झपक्कै गहना लगाएर राती १२ बजे पनि हिड्नुहोस् तर सुरक्षित हुनुपर्छ । जसकालागि प्रहरीले हरपल सुरक्षा प्रदान गरिरहेको छ र निरन्तर गरिरहने छ ।’










प्रतिक्रिया दिनुहोस्