राजनीति

मन्त्री मगर अस्पताल भर्ना



काठमाडौँ, २९ भदौ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् ।

अस्पतालका अनुसार मन्त्री मगरलाई पिसाबमा इन्फेक्सन देखिएको छ । उनको अवस्था सामान्य छ ।

भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका थिए ।

इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौँ र्फकनासाथ अध्यक्ष प्रचण्ड बुहारीलाई भेट्न अस्पताल पुगेका हुन् ।