भक्तपुर, ३० भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आउँदो असोज ३ देखि ५ गतेसम्म हुने भएको छ ।
यसपटक महाधिवेशनको सबैभन्दा चासोको विषय नेतृत्व हस्तान्तरण बनेको छ । असोज ५ गते सम्पन्न हुने नेमकिपाको बन्दसत्रले नै पार्टीको अगामी नेतृत्व, कार्यदिशा र रणनीति तय गर्ने छ । महाधिवेशनमा ४८ जिल्लाबाट प्रतिनिधीहरु सहभागी हुने नेमकिपाले जनाएको छ । अध्यक्ष विजुक्छेले सांसद जस्तै पार्टीको नेतृत्व पनि हस्तातरण गर्ने सम्भावना रहेको स्राृतले जानकारी गरायो ।
हाल अध्यक्षमा बिजुक्छे, सचिवमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति कोषाध्यक्षलगायत ३१ सदस्य वर्तमान केन्द्रीय कमिटी रहेको पार्टीले जानकारी दिएको छ ।
नेमकिपा वि।स २०३१ साल माघमा स्थापना भएको थियो । पार्टीको २०४७ साल पुस २८, २९ र ३० गते भैरहवा सम्पन्न प्रथम सम्मेलनदेखि २०७० साल चैत २१, २२, २३ र २४ गते काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनसम्म पार्टीको अध्यक्षमा सर्वसम्मत रुपमा नारायणमान बिजुक्छे चुनिदैँ आएका छन् ।
वि।सं। १९९६ साल फागुन २६ गते भक्तपुरमा जन्मिएका बिजुक्छे १५ वर्षको उमेरदेखि हालसम्म राजनीतिमा सक्रिय छन् ।
वि।सं। २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छे तत्कालीन पूर्वी पाकिस्तान ९बङ्लादेश० माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलालसँग मतभेद भएपछि समूह छोडेका थिए ।
२०३१ सालमा पुष्पलाल समूहबाट अलग भई बिजुक्छेले २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएका छन् ।










प्रतिक्रिया दिनुहोस्