समाचार

१२औं जनगणनाका लागि ५४ हजार जनशक्ति करारमा लिइने



काठमाडौँ, ३१ भदौ । नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदैछ । हरेक १० वर्षमा गरिँदै आएको जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने तय भएको छ । जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय गरी केन्द्रीय तथ्याङ्क विभागले तयारी थालेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनामा सही तथ्याङ्क ल्याउन हरेक व्यक्तिको जागरुकता अभिवृद्धि होस् भनी यो नारा तय गरिएको हो । आर्थिक वर्ष २०७७/७८ जनगणनाको मुख्य वर्ष हो । यो वर्ष प्रदेश, जिल्ला र स्थानीयस्तरमा जनगणना कार्यालय स्थापना गरिनेछ । प्रदेश र ७७ जिल्ला जनगणना कार्यालय, ३५० स्थानीय जनगणना कार्यालय र ७५३ स्थानीय जनगणना समन्वय कार्यालय स्थापना गरिने विभागले जनाएको छ ।

काम २०७८ वैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म २० दिन हुनेछ । यही बेला सुपरिवेक्षकले नागरिकलाई जनगणनाबारे घरघरमै सन्देश लैजानेछन् । आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिनमा मुख्य प्रश्नावलीको काम सक्ने विभागका निर्देशक लामिछानेले बताए । आगामी जनगणनामा करारमा जम्मा ५४ हजार जनशक्ति जनगणना कार्यक्रममा संलग्न हुनेछन् । जसमा ४३ हजार गणक र नौ हजार जना सुपरिवेक्षक हुनेछन् भने बाँकी प्रशासनिक कार्यका लागि खटिनेछन् । याे समाचार गोरखापत्र दैनिकमा छ ।