एजेन्सी, ३१ भदौ । दक्षिण भारतीय राज्यको आन्ध्रप्रदेशमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन ।
आइतबार भारतीय सञ्चार माध्यमका अनुसार आन्ध्रप्रदेशको पूर्वी जिल्ला गोदावरीमा उक्त दुर्घटनामा केहीले भने पौडेर ज्यान जोगाएका थिए । डुंगामा ५० पर्यटक र ११ कर्मचारी सवार थिए ।
दुर्घटनास्थल अमरावतीबाट करिब २ सय किमि टाढा रहेको देवीपटनम मण्डलको कच्चुलुरु गाउँमा भएको हो । विगत केही दिनयता गोदावरीमा बढेको पानीको सतहका कारण दुर्घटना भएको अधिकारीहरूको अनुमान छ । घटनालगत्तै राष्ट्रिय विपद् व्यवस्थापन टोलीका सदस्यहरू उद्धारमा खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस्