समाचार

सप्तकोशीमा पानीको वहाब बढ्यो, सतर्क रहन आग्रह (सूचनासहित)



काठमाडौँ, ३१ भदौ । पूर्वानुमान महाशाखाले सुनसरी र सप्तरीमा सप्तकोशी नदीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी अनुरोध गरेको छ ।

चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

भाद्र ३१, बिहान ९ बजे
कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुहोला।
बाढी पूर्वानुमान शाखा, DHM

View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter