संखुवासभा, १ असोज । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।
मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप धर्मदेवी नगरपालिका वडा ८ स्थित अक्करको भिरबाट अरुण नदीमा खसेको प्रहरीले जनाएको छ ।
जीपमा जम्मा ६ जना सवार रहेको खुलेपनि को को थिए भन्नेबारे खुल्न नसेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै खाँदबारीबाट परिचालित प्रहरी घटनास्थल पुगेपनि उद्धार हुन सकेको छैन । निरन्तर पानी पर्दा खोलामा बढी आइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्