समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



अर्घाखाँची, १ असोज । जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका पुनलाई केबुलको तार बनाउने क्रममा बेलुका सवा ५ बजे मालारानी गाउँपालिका वडा नं। ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।