बझाङ, १ असोज । बझाङबाट सुत्केरी बेथाले छटपटाई रहेकी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
साइपाल गाउँपालिका वडा नं. १ घर भएकी बर्ष २४ की रमादेवी बोहरालाई तीन दिनदेखी सुत्केरी बेथा लागेर बच्चा जन्माउन नसकेपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरले काडाँ स्वाथ्य चौकीबाट जिल्ला अस्पताल ल्याएको छ ।
मौसम खराव भएका कारण सुरुमा हेलिकप्टर अवतरण गर्न नसकेका कारण फिर्ता भएको थियो भने दोस्रो पटक उडान प्रयासपछि बोहरालाई देवल एरर्पोटमा अवतरण गरिएको हो । उनको उपचारमा संलग्न डाक्टर सन्दीप ओखेडाले बोहराको रक्तश्राव भईरहेकोले अहिले तत्कालका लागि बोहराको उपचार जिल्ला अस्पतालमा नै गरिने जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्