काठमाडौँ, १ असोज । काठमाडौँलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।
मंगलबार जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति काठमाडौँले एक कार्यक्रमको आयोजना गरी काठमाडौँलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
काठमाडौँ उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । यही असोज १३ गते सरकारले नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्