समाचार

प्रहरी चौकी इन्चार्ज घुससहित पक्राउ



काठमाडौँ, २ असोज । काठमाडौँबाट एक प्रहरी चौकीका इन्चार्जलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो । आयोगका अनुसार पन्तलाई पक्राउ गरेपनि के प्रायोजनका लागि कति रूपैयाँ लिइएको भन्ने खुलिनसकेको जनाएको छ ।