समाचार

बसको ठक्करबाट एक जनाको मृत्यु



कञ्चनपुर, २ असोज । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका- १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारततर्फ लगिएको प्रहरीले जनाएको छ ।

बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ । शवको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिएको छ ।