काठमाडौ, २ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटार बिहान ९ बजे बस्ने बैठकले एकता प्रक्रियाका बाँकी काम टुंग्याउन सक्ने बताइएको छ । नेकपाले जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम भने बाँकी छ । त्यस्तै, पोलिटब्युरो गठन पनि गर्न बाँकी छ । बैठकले महत्वपूर्ण मानिएका पार्टीका ५ केन्द्रीय आयोगको जिम्मेवारीसमेत तोक्नसक्नेछ ।
नेकपाले एकता प्रक्रियाका मुख्य काम स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा जिल्ला र स्थानीय तहको एकता प्रक्रियालाई टुंग्याइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्