Banner News

प्रधानमन्त्रीले भने–केही पनि भएन भनेर कराउनेहरुलाई सरकारले व्यवहारबाटै जवाफ दिनेछ



काठमाडौ,२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन ।

आज बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘काम सम्पन्न भएर देश अगाडि बढेको कुराले तस्वीर आफैँ बोल्छ भने झैँ परिणाम आफैँ बोल्छ, व्यवहारबाट जवाफ मिल्छ, त्यस कारण हामीले धेरै कुरा बोलिरहनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताउदै उनले संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै र विभिन्न स्थानमा बाटोको शिलान्यास तथा उद्घाटनसँगै आयोजना सम्पन्न हुँदै जाने दृढता व्यक्त समेत गरेका छन ।

उनले आलोचना गर्न बानी परेकाले जस्तो काम गरे पनि आलोचना गर्न नछाड्नेसमेत जिकिर गर्दै भने, कतिपय सञ्चारमाध्यममा देखेँ, संसद् भवन किन बनाउन लागेको यत्रो खर्च लगाएर भनेर, संसद् भवन पनि चाहिने, सित्तैमा पनि हुनुपर्ने कसरी होला ?

‘आलोचना गर्ने बानी लागेकाबाट भवन कम खर्चमा बनायो भने सस्तोमा बनाएको भनेर आलोचना हुन्थ्यो, सानो बनायो भने बाख्राको खोर हो ?भनेर आलोचना हुन्थ्यो, अलि मजबुद बनायो भने यत्रो ठूलो किन चाहियो भन्ने हुन्थ्यो, नबनाए गफ मात्रै गर्छ भन्थे ।