काठमाडौँ, ३ असोज । संघीय संसद्को चौंथो अधिवेशन अन्त्य भएको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुनेगरि संसद्को चौंथो अधिवेशन अन्त्य हुने प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महराले जानकारी दिएका हुन् । संघीय संसदको चौथो अधिवेशनसँगै प्रतिनिधि सभाको पहिलो बैठक २०७६ साल वैशाख १६ गते सोमबार सुरु भई २०७६ साल असोज २ गते बिहीबारसम्म जम्मा १४४ दिन चालु रह्यो । जसमध्ये ६० दिनमा ६५ पटक बैठक बसी जम्मा १९३ घण्टा ४० मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो ।
काम कारवाही
संघीय संसद
प्रतिनिधि सभा
चौथो अधिवेशन
भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी
१) मा० सदस्यहरु, संघीय संसदको चौथो अधिवेशनसंगै प्रतिनिधि सभाको पहिलो बैठक २०७६ साल वैशाख १६ गते सोमबार प्रारम्भ भई आज २०७६ साल असोज २ गते बिहीबारसम्म जम्मा १४४ दिन चालु रह्यो । जसमध्ये ६० दिनमा ६५ पटक बैठक बसी जम्मा १९३ घण्टा ४० मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो । साथै यही अधिवेशनमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक २ पटक बसी ४ घण्टा ५ मिनेट समय व्यतित भएको थियो ।
२) २०७६ वैशाख २० गतेको बैठकमा सम्माननीय राष्ट्रपति महोदयले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनप्रति पेश भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । साथै सम्माननीय राष्ट्रपतिबाट सम्बोधन मार्फत् प्रस्तुत भएको आ.व. २०७६/०७७ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७६ वैशाख २२, २३ र २४ गतेका दिनहरुमा व्यापक रुपमा छलफल भई वैशाख २४ गते उक्त नीति तथा कार्यक्रम बहुमतबाट पारित भयो।
३) त्यसैगरी २०७६ वैशाख २७ गते “आ.व. २०७६/०७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहक) छलफल गरियोस्” भन्ने प्रस्ताव पेश भएको थियो । जसउपर वैशाख २९, ३० र ३१ गते सभामा छलफल समेत भएको थियो ।
४) २०७६ जेठ १५ गतेको बैठकमा आ.व. २०७६/०७७ को लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) पेश भएको थियो जस उपर जेठ १९, २०, २१ र २३ गते व्यापक छलफल भई सोही दिन मा० अर्थमन्त्रीबाट जवाफ दिने कार्य समेत सम्पन्न भएको थियो ।
५) २०७६ जेठ २३ गतेको बैठकमा प्रस्तुत भएको विनियोजन विधेयक, २०७६ माथि २०७६ जेठ २८ देखि असार ५ सम्म सदनमा दफावार छलफल र जेठ ६ देखि १० गतेसम्म सम्बन्धित मा० मन्त्रीहरुबाट जवाफ दिई बहुमतबाट पारित भएको थियो ।
६) यस अधिवशे न अवधिभर प्रतिनिधि सभामा जम्मा १७ वटा सरकारी विधेयक दर्ता भएकोमा ७ वटा विधये कहरु संघीय संसदको दुवै सदनबाट पारित भइसकेको छ भने ५ वटा विधेयक सभामा प्रस्तुत हनु बाँकी रहकाे छ, ४ वटा विधेयक सम्बन्धित समितिहरुमा विचाराधीन छन् र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइसकिएको छ । साथै सभाको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका विभिन्न १९ वटा विधेयक मध्ये ८ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने ६ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेकोछ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइसकिएको छ र ३ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको छ । साथै सम्माननीय राष्ट्रपतिबाट आएको सन्देश सहित प्राप्त भएको “राहदानी विधेयक, २०७५” संघीय संसदको दुवै सदनबाट संशोधन सहित पारित भएको छ । त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाको दोस्रो, तेस्रो र यस अधिवेशनमा प्राप्त भएको विभिन्न ७ वटा विधये कहरु मध्ये २ वटा विधेयक सभाबाट पारित भइसकेको छ भने ५ वटा विधेयकहरु सम्बन्धित समितिमा विचाराधीन रहेकाे छ । यसरी यस अधिवशे नमा संघीय संसदबाट कूल १८ वटा विधेयकहरु पारित भएका छन् ।
७) २०७६ साउन ८ गतेको बैठकमा मा० श्री मिनेन्द्र प्रसाद रिजाल प्रस्तावक रहनु भएको “अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरोर डुवानका कारण देशभरि एकसय भन्दा बढी नागरिकलेज्यान गुमाउनुपरेको, कतिपय नागरिक बेपत्ता तथा घाइते भएको, केही राजमार्ग र विद्युत सेवा अवरुद्ध रहकाे, अरबौं मूल्य बराबरको धनमालकोक्षति भएकोले सरकारद्वारा संचालित उद्धार तथा राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रको विद्यमान अवस्थाबारे प्रतिनिधि सभामा जानकारी लिने, तीनै तहका सरकारद्वारा संचालित उद्धार, राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम प्रभावकारी तथा निष्पक्ष तवरले सञ्चालन गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन दिन आवश्यक भएको” भन्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव उपर छलफल भई सम्बन्धित मा० मन्त्रीबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो । साथै सोही दिनको बैठकमा “देशमा आएको बाढी पहिरो तथा डुबानबाट पीडितहरुको उद्धार तथा राहतमा सहयोग पुयाउन संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, सामाजिक संघ संस्था, राजनीतिक दल तथा अन्य सबैमा हार्दिक अपील गर्दै” विशेष प्रस्ताव पारित गरी बाढी पिडितहरुको उद्धारको लागि प्रतिनिधि सभाका मा० सदस्यहरुको एकदिनको पारिश्रमिक राहत कोषमा उपलब्ध समेत गराइएको थियो ।
८) सभाको विभिन्न बैठकहरुमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मा० मन्त्रीबाट दिइएको थियो । त्यस्तै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भै सदनमा प्रस्तुत गर्न बाँकी रहेका मौखिक उत्तरहरु समेत टेबुल भैसकेका छन् ।
९) यस अधिवेशनमा “अर्थ समितिद्वारा २०७६ वैशाख महिनामा सात प्रदेशमा आयोजित आ.व. २०७६/७७ को पूर्व बजटे छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन, २०७६”, “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०७५/०७६”, “अर्थ समितिको वार्षिक प्रतिवेदन, २०७६”, “कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७६”, “राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६”, “राज्य व्यवस्था तथा सुशासन समितिको बाढी र डुबानबाट प्रभावित जिल्लाहरुको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन, २०७६” “शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन, २०७५/७६”, “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६”, “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७६”, “विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७६” र “उद्योग तथा वाणिज्य र श्रम तथा रोजगार समितिको वार्षिक प्रतिवेदन, २०७६” प्रतिनिधि सभा अन्तर्गतका सम्बन्धित समितिहरुबाट सभा समक्ष पेश भएको थियो ।
१०) सभाको विभिन्न बैठकहरुमा “महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, २०७५”, “नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ को सुशासन प्रतिवेदन” र “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७४/०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन” र “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७४/०७५” पेश गर्ने कार्य सम्पन्न भयो ।
११) मिति २०७६ साउन २० गते सदनमा गतिरोधको अवस्था उत्पन्न नहोस् भन्ने सम्बन्धमा संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन भएकोमा आजै बसेको सभाको पहिलोबठै कबाट सो समितिको कार्यावधि आगामी अधिवशे नसम्मकोलागि थप गर्ने प्रस्ताव समेत पारित भैसकेको छ ।
१२) यस अधिवेशन अवधिभर पूर्व सदस्यहरु भिक्षु अश्वघोष, दिवाकर गोल्छा, रुद्रमणि शर्मा भण्डारी, रामकृष्ण ताम्राकार, धनिराम पौडले र छियामा राईको निधन भएकोमा शोक प्रस्तावहरु पारित भएका छन् ।
१३)यसै अवधिमा सदनको विभिन्न बैठकहरुमा सम्माननीय प्रधानमन्त्रीले नेपाल सरकारले हालसम्म गरेका कार्यहरु र भविष्यमा अपनाउने कार्यशैलीका सम्बन्धमा, मा० उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीले डेंगु रोगको प्रभाव र सरकारबाट यसको रोकथामका लागि भएको प्रयासका सम्बन्धमा, मा० गृह मन्त्रीले देशमा भैरहेको आगजनी र विष्फोट लगायतका घटना र पिडितहरुको उद्धार एवं भैरहके ो अनुसन्धानका सम्बन्धमा, सर्लाही जिल्लामा बालकको मृत्युर सो घटनाको विरोधमा उत्रिएको भीडलाई नियन्त्रण गर्ने क्रममा सुरक्षा निकायको गोली लागी सरोज नारायण सिंहको मृत्यु भएको सम्बन्धमा र बाँके जिल्लाको खजुरामा नेपाली काँग्रेसको राष्ट्रिय जागरण कार्यक्रममा नाराजुलुस र जिल्ला सभापति लगायत घाइते हुनु भएको घटना सम्बन्धमा, मा० परराष्ट्र मन्त्रीले नेपाल र भारतबीचका संयुक्त बैठक सम्बन्धमा, मा० ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले साना जलविद्युत आयोजना सञ्चालनमा उपभोक्तालाई समावेश गर्ने लगायत अन्य जलविद्युत आयोजनाहरुको स्थितिका सम्बन्धमा, मा० सञ्चार तथा सूचना प्रविधि मन्त्रीले सम्माननीय प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुबीच भएको भिडियो कन्फरेन्स सम्बन्धमा, मा० वन तथा वातावरण मन्त्रीले संरक्षण क्षेत्रभित्र सञ्चालन गरिने सेवा सुविधा सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्