समाचार

अछाममा बम विष्फोट



अछाम, ३ असोज । अछाममा बम विष्फोट भएको  छ ।

बिहीबार राति कमलबजार नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट हुदा भएको अछाम प्रहरीले जनाएको छ ।

विष्फोट कसले गरायो भन्नेबारे जानकारी हुन सकेको छैन । नगरपालिका कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।

विष्फोट गराउने समूहको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।