समाचार

१३ विमानस्थल फाइदामा



काठमाडौँ, ३ असोज । नागरिक उड्डयन प्राधिकरणका अनुसार देशभर सञ्चालनमा रहेका ३० विमानस्थल मध्ये १३ मात्र फाइदामा रहेका जनाएको छ  ।

प्राधिकरणको गएको आर्थिक वर्षको हिसाबअनुसार काठमाडौँ विमानस्थलसहित १३ विमानस्थल आत्मनिर्भर भएका छन् । प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, नेपालगंज विमानस्थल,पोखरा विमानस्थल, विराटनगर विमानस्थल, सिमरा विमानस्थल र चन्द्रगढी विमानस्थल फाइदामा छन् ।

त्यस्तै जनकपुर, भरतपुर, जोमसोम, धनगढी, सिमिकोट र लुक्ला विमानस्थलमात्र फाइदामा छन् ।