भोजपुर, ३ असोज । भोजपुरमा बम विस्फोट भएको छ ।
अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर षडानन्द नगरपालिकाको कार्यालय परिसरमा नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट भएको छ ।
कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहकोे पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्