नवलपुर, ४ असोज । नवलपुरमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
देवचुली नगरपालिकाको धौलागिरी चोकमा प्रहरी टोलीले चेकिङको क्रममा कास्कीका ३२ वर्षीय डेबिड क्षेत्री र २४ वर्षीय कुमार खड्कालाई औषधसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भैरहवाबाट म्याग्दीको बेनी जाँदै गरेको लु १ ख ७३९३ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्दा फेनरागन ३०, नोफिन ३० र डाइजोपाम ३० एम्पुल गरी ९० एम्पुल लागुऔषध बरामद भएको जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्