राजनीति

काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन



काठमाडौँ, ५ असोज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन ।

नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँचदिने प्रदर्शनी अवलोकन गरी सभापति देउवाले  केही उत्पादनसमेत खरीद गरेका छन । सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा सभापति देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । उक्त अवलोकनमा सांसदहरु पुष्पा भुसाल र दिव्यमणि राजभण्डारी पनि सहभागी थिए ।

हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ । पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ । धागो भने वार्षिक रु ११ अर्बको निर्यात हुने गरेको छ ।