राजनीति

विप्लव समूहका जिल्ला इन्चार्ज हतियारसहित पक्राउ



भोजपुर, ६ असोज । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका भोजपुर जिल्ला इन्चार्जलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको छ ।

टेम्केमैयुङ गाउँपालिका-५, खावा घर भएका जिल्ला इन्चार्ज बम बहादुर विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली र ह्याण्ड ग्रेनेड १ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनको साथमा चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो । पक्राउ गरेको उनलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।