समाचार

काठमाडौँमा दुई दिन बिराएर पानी वितरण



काठमाडौँ, ६ असोज । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुमा पानी दुई  दिन बिराएर वितरण गर्न थालिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न थालेको हो ।

वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलले जनाएको छ  ।