समाचार

भालुको आक्रमणबाट वडा सदस्य गम्भीर घाइते



संखुवासभा, ६ असोज । संखुवासभामा भालुको आक्रमणबाट वडा सदस्य गम्भीर घाइते भएका छन ।

आइतबार मकालु गाउँपालिका–२ का वडा सदस्य दावानुर्बु शेर्पा सेदुवा च्याक्सेडाँडाको हिङद्रमा अलैँची टिप्ने क्रममा भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन ।

भालुको आक्रमणबाट शेर्पाको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।