राजनीति

अध्यक्ष दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता



काठमाडौँ, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओबीच भेटवार्ता भएको छ ।

मंगलबार काठमाडौँको होटल मेरिओटमा भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधि बारे कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति धन्‍यवाद दिदै भने, नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु’ भेटघाटमा प्रचण्डको भनाइ उधृत गर्दै उनको सचिवालयले भनेको छ ।

चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिदै उनले भने, ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ ।’