समाचार

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ



जनकपुरधाम, ८ असोज ।  छुट्टाछुट्टै ठाउँबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनौजी गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका-१० स्थित पुलचोकबाट जनकपुर उपमहानगरपालिका-२५ बस्ने कलिमले धनौजी गाउँपालिका ५ बहुअर्वा बजारमा पार्किङ्ग गरी राखेको ज.७ प. ७०५६ नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको हो ।

उक्त मोटरसाइकल धनुषाकै नगराइन नगरपालिका-७ लभटोली चोकस्थित बाटोमा डोर्याउँदै गरेका धनौजी गाउँपालिका-४ बस्ने वर्ष २० बर्षीय चन्दन मण्डललाई पक्राउ गरिएको छ ।

यस्तै, जनकपुरधामको पुलचोकबाट चोरी भएको ज.९ प. ६८७१ नम्बरको पल्सर मोटरसाईकलसहित धनौजी गाउँपालिका-१ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साहलाई उनको घरबाटै पक्राउ गरेको छ । उनलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले उक्त मोटरसाइकल चोरी गरी छिमेकी खेहरु महतोको गोठघरमा लुकाएको बयान दिएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चोरीमा संलग्न दुबैलाई चोरीको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।