समाचार

एक हजार घुस : कर्मचारीद्वारा आत्महत्या



भक्तपुर, ८ असोज । पछिल्लो समय भ्रष्टाचारमा मुछिएका कर्मचराीले भट्टाभट्टी आत्महत्या गर्न थालेका छन् । यसै क्रममा सुनसरी इनरुवा नगरपालिका–५, घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।

एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका सुवेदीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गएको भदौ ३१ गते धरौटीमा रिहा भएको एक सातामै उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । कलंकी मालपोत कार्यालयमा खरदारका रुपमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको थियो । त्यसपछि अख्तियारले हाजिर हुन कार्यालयमा बोलाइ कार्यालयबाटै गएको साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो ।