राजनीति

समाजवादी पार्टीसँग एकता हुनसक्छ : राजेन्द्र महतो



धनुषा, ९ असोज । राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता समानताको आधारमा पार्टी एकता हुने बताएका छन् ।

बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताए । उनले भने, ‘पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो, ‘देशमा नेपाली काङ्ग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ र त्यो वैकल्पिक पार्टी एकता पछि सम्भव छ ।’

नेता महतोले जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म विरोध भई रहने हुँदा यसको रक्षाका लागि पनि संशोधन आवश्यक भएको बताए ।