समाचार

अरिङगालले टोकेर एक जनाको मृत्यु



उदयपुर, ९ असोज । उदयपुरमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर कटारी नगरपालिका-९ लिम्पाटारका  ३२ वर्षीय दलबहादुर परियारमृत्यु भएको हो ।

अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।