राजनीति

स्थानीय तहमा भूउपयोग नीति बनाउन मन्त्री खतिवडाको सुझाव



रुपन्देही, १० असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहमा भूउपयोग नीति बनाउन सुझाव दिएका छन ।

आज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गर्दै नीजि क्षेत्रसँग सहकार्य गर्न स्थानीय तहलाई सुझाव दिए ।

उनले सार्वजनिक यातायातको व्यवस्थाका लागि तिलोत्तमा नगरसँगै अन्य नगरलाई जोडेर सरकारले मेगा सिटीको अवधारणा अगाडि बढाएको भन्दै यो योजना पूरा गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

उक्त कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय र स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीति तीनै तहका सरकारले बनाउनुपर्नेमा जोड दिए ।

करिब ५० अर्ब लगानी भित्राउने लक्ष्यसहित २२ परियोजना अघि सारिएको सम्मेलनमा नेपालका साथै भारत, चीनसहितका विदेशी मुलुकबाट समेत करिब पाँच सय जना सहभागी छन् ।