काठमाडौँ, १० असोज । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ ।
असार २६ गते सिंगापुरको गेलाङस्थित एक होटल अगाडि तामाङले एक महिलाको छाती छोएको आरोपमा अदालतमा मुद्दा परेको थियो ।
आफूमाथि दुर्व्यवहार भएको भन्दै ती महिला मुद्दा दायर गरेलगत्तै तामाङ पक्राउ परेका थिए । दुर्व्यवहारमा परेकी भनिएकी महिलाको अदालतले समेत परिचय खुलाएको छैन । राज्य अदालतका न्यायाधीश जश्वेरले आपराधिक क्रियाकलाप गरेको भन्दै स्थानीय कानुनअनुसार सजाय तोकेका हुन् । यो समाचार आजको नागरिकले तेस्रो पृष्ठमा छापेको छ ।










प्रतिक्रिया दिनुहोस्