काठमाडौँ, ११ असोज । बझाङमा भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी बझाङका अनुसार मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जनाएको छ ।
कक्षा ९ मा अध्यनरत बालिकामाथि बलात्कार गर्ने ६३ वर्षका मामाले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ ।बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।
उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्