समाचार

रिभल्वर र गोलीसहित एकजना पक्राउ



रौतहट, ११ असोज । रौतहटमा रिभल्वर र गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रपुर नगरपालिका–१ बागमती गैह्रीगाँउ बस्ने ५७ वर्षीय मणिराज श्रेष्ठलाई घरबाट रिभल्वर एक थान र सोको गोली एक राउण्ड सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको घरमा तलासी गर्दा उनी सुत्ने ओछ्यानमा उक्त रिभल्वर र गोलीसहित फेला परेको र उनमाथि थप अनुसन्धान भईरहेको  जनाएको छ ।