Banner News

गृहमन्त्री थापाद्वारा नागढुंगा नौबिसे सडक खण्डमा जाम हुन नदिन निर्देशन



काठमाडौँ, ११  असोज । गृहमन्त्री रामबहादुर थापाले नागढुंगा–नौबिसे सडकखण्डमा भइराखेको सवारी जाम हटाउन निर्देशन दिएका छन ।

गृहमन्त्री थापाले काठमाडौँ सिडिओ, महानगरीय प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखाका प्रमुखलाई जाम हटाउन निर्देशन दिएका हुन ।

जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन साथै जाममा परेका बिरामीहरुको आवश्यकता अनुसार उद्धारका सबै उपाय अपनाउन समेत  निर्देशन दिएका छन ।

नागढुंगा सडक दुई लेनको मात्रै छ । उकालो लाग्ने भागतर्फ चक्का बस्ने ठाउँमा २ फिटसम्मका खाडल परेका छन् ।