Banner News

सत्यको पक्षमा उभिएर इमान्दारितापूर्वक पत्रकारीता गर्नुपर्छ : अध्यक्ष दाहाल



काठमाडौँ, ११ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्यको पक्षमा उभिएर इमान्दारितापूर्वक पत्रकारीता गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौँ दैनिक अनलाइनको उद्घाटन गर्दै अध्यक्ष दाहालले भने, ‘न सम्बन्ध न साइनो भएका कुरामा पनि त्यही हो त्यही हो भनेर आउँछ। यसको प्रतिवाद कसले गर्ने त रु सत्यको पक्षमा उभिएर इमान्दारितापूर्वक पत्रकारले गर्नुपर्छ ।’ हिजोआज टेलिभिजन हेर्ने र पत्रिका पढ्ने घटेका छन् । ‘टिभी हेर्ने मान्छे घटेको देख्छु । मेरो घरमा पनि टिभीतिर ध्यान छैन, ‘दैनिक पत्रिका पढ्नेतिर पनि मान्छेको ध्यान छैन । पत्रिका ओरालो लागेको छ लागेको छ । अनलाइनको प्रतिस्पर्धामा ट्वीटरलगायत आएजस्तो छ। तर मुल प्रभाव पार्ने मिडिया अहिले अनलाइन भएको छ।’

अध्यक्ष दाहालले सोसल मिडियाबारे आफ्ना अनुभव सुनाउदै भने, ‘हिजोआज सोसल मिडियारडिजिटल मिडिया सबैले चलाउँछन्रहेर्छन्,’ कतिपय देशमा त फेसबुक चल्दै चल्दैन हामी त्यस्तो नियन्त्रण गर्ने पक्षमा पनि छैनौं । तर कहिलेकाहीँ फेसबुक हेरौं न त भन्यो हेर्नै नसकिने हुन्छ। आफैंमाथि खनिएको छ खनिएको छ।’ यो गरेन त्यो गरेन भनेर सरकार र नेतालाई जनताले आलोचना गर्नु स्वभाविक भए पनि सोसल मिडियाहरू फेसबुक, ट्वीटरमा आएका नकरात्मक कमेन्टले आफूलाई हैरान पारेको प्रचण्डको भनाइ छ ।

हुँदै नभएका कुराहरूलाई चिर्दै सत्यतथ्य सूचना दिएर पत्रकारहरूले नेतालाई न्याय दिन सक्ने उनले बताए । ‘नेताहरू फिल्डमा उत्रेर भनेर पार लाग्नेजस्तो मैले देखिनँ,’ उनले भने, ‘पत्रकारहरूले नेताहरूलाई परेको पीरमर्काबारे सोचिदिने हो कि !’

न्युनतम नैतिक मान्यताबाट तल झरेर सरकार, प्रधानमन्त्री र नेताहरूमाथि कमेन्ट आउने गरेको प्रचण्डको भनाइ छ। ‘भन्ने नभन्ने भनेको छ। मार्नपर्छ, ज्युँदै कोपर्नुपर्छ, रगत पिउनुपर्छ भन्नेलाई के भन्नेरु,’ उनले थपे, ‘तपाईंहरू (पत्रकार)ले न्याय दिनेतिर विचार गर्नुहोला ।’

सुन्नै नसकिने र हेर्नै नसकिने गरी कमेन्टहरू आउने प्रवृत्ति बढेकोमा पनि चिन्ता व्यक्त गरे । झुटबाट पनि नेता पीडित बनेको उनको भनाइ छ  । सामाजिक सञ्जाल र अनलाइनहरूमा आउने विषयबस्तुले हैरान पारेको पनि उनले बताए ।