काठमाडौँ, १२ असोज । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वरिष्ठ कम्युनिष्ट नेता एवं पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने बताएका छन ।
आज काठमाडौँमा ‘भरतमोहन अधिकारीको व्यक्ति एक व्यक्तित्व अनेक’ भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले २०५१ सालमा तत्कालीन एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पुर्याएको चर्चा गर्दै त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको बताए ।
नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा स्मरण गरे । ०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गरे ।










प्रतिक्रिया दिनुहोस्