काठमाडौँ, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र भएको घोषणा गरेका छन ।
आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन ।
प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता हात परेको बताए ।
नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।










प्रतिक्रिया दिनुहोस्