राजनीति

दशैंमा खसीको मासु किलोको ११ सय माथि जान दिन्नौ : मन्त्री खनाल



काठमाडौँ, १४ असोज । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले दशैंमा मासुको कुनै अभाव नहुने बताउदै दशैंमा खसीको मासु किलोको ११ सय माथि जान नदिने बताएका छन ।

काठमाडौँ आयोजित साक्षात्कारमा मन्त्री खनालले भने, काठमाडौँउपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकत्ता हो, ४० हजार खसी बोका आउने भैसके । अब हामीलाई पर्याप्त हुन्छ । मासुको कुनै अभाव हुँदैन् ।’ काठमाडौँमा खसीको मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि गरिएको भनेर गुनासो सुनिएकोले सरकारले खसीको मासुको मुल्यवृद्धिबारे नियमन गरिरहेको बताउदै उनले भने, ‘हामी यसबारेमा निरन्तर छलफलमा पनि छौं, सबै कुराको विचार गर्दा पनि खसीको मासुको मुल्य ११ सय भन्दा माथि जाने अवस्था छैन् । हामी कडाई गर्छौं ।’

मन्त्री खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको बताउदै उनले भने, ‘हामीले आफ्नै उत्पादनले ७५ प्रतिशतसम्म धान्न सक्छौं । कुखुरामा आत्मनिर्भर छौं ।’

खसी, बोकाको मासुमा आत्मनिर्भर बन्नको लागि मन्त्रालयले यसपटक जोन, सुपरजोन चलाउने, लाईभ स्टक ईनोभेसनमा पनि खसी, बोका उत्पादन र कृषिमा युवा कार्यक्रम गरेर तीन वटा कार्यक्रम सुरु गरेको बताए ।